समाज


आज कहाँ कस्तो होला मौसम

आज कहाँ कस्तो होला मौसम

नेपालखबर
चैत २३, २०८२ सोमबार ९:०, काठमाडौँ

हाल (सोमबार) कोसी प्रदेशसहित पहाडी तथा हिमाली भेगको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल छ। अनि कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/सहित हल्का वर्षा/हिमपात भइरहेको मौसम महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसो र राति यस्तो हुनेछ मौसम-

दिउँसो : हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल। अनि पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना।

राति : हिमाली क्षेत्रको आकाशमा साधारणतया तथा पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ। अनि कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad