आज (मंगलबार) काठमाडौँसहित देशका विभिन्न सहरमा पानी पर्ने सम्भावनाबारे प्रक्षेपण जारी गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित पोखरा, डडेलधुरा, जुम्ला, ओखलढुंगा, जोमसोम, जिरी र ताप्लेजुङमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत छ।
मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो वा साँझपख वर्षा हुने सम्भावना देखिएको हो।
'दिउँसो बिस्तारै बादल बढ्दै गएर वर्षा हुने सम्भावना छ', उनले नेपालखबरसँग भने।
हेर्नुहोस् देशका १९ सहरको मौसम प्रक्षेपण:

141
Shares

प्रतिक्रिया