गएराति झापामा हावाहुरीले व्यापक क्षति गरेको छ।
हावाहुरीले घरका छाना उडाउनुका साथै फलफूल, अन्नबालीमासमेत क्षति गरेको प्रहरीले जनाएको छ।
हुन्डरीले दमक नगरपालिका-२ बस्ने रञ्जु दाहालको दुईतले घरको जस्तापाता सँगै ट्रसको छानो उडाएर छिमेकी तारा बहादुर कुँवरको घरको छतमा खसालेको छ।
हावाहुरीले घरका छाना उडाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
हावाहुरीले कोसी र मधेस प्रदेशका अन्य जिल्लामा पनि क्षति गरेको छ।
99
Shares

प्रतिक्रिया