समाज


२४ घन्टामा १७ सय सवारी चालकमाथि उपत्यका ट्राफिक प्रहरीको कारबाही

२४ घन्टामा १७ सय सवारी चालकमाथि उपत्यका ट्राफिक प्रहरीको कारबाही

नेपालखबर
चैत २८, २०८२ शनिबार ९:५६, काठमाडौँ

२४ घन्टाको अवधिमा १७ सय सवारी चालकमाथि ट्राफिक प्रहरीको कारबाही

गएको चौबिस घण्टाको अवधिमा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो।  

यसैगरी, अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरले जनाएको छ। 

ट्राफिक कारबाहीबाट ११ लाख ८४ हजार ५०० राजस्व संकलन भएको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad