भारतमा मिनी बस दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ।
दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा मिनी बस खस्दा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
दुर्घटनामा अन्य केही यात्रु घाइते भएका अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ।
छिमेकी राज्य केरलाबाट तमिलनाडु घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटनामा परेको हो।
आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए।
दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको प्रहरीले प्रहरीले जनाएको छ। दुर्घटनाको गहन अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ।
171
Shares

प्रतिक्रिया