समाज


भक्तपुरमा बिस्केट जात्रा समापन

भक्तपुरमा बिस्केट जात्रा समापन

नेपालखबर
बैशाख ६, २०८३ आइतबार ६:४५, काठमाडौँ

भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा शुक्रबार साँझबाट सकिएको छ। भैरवको रथ तानिएसँगै जात्रा सकिएको हो।

गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्राको आज अन्तिम दिन गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गरिएको गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए। 

शुक्रबार अपराह्नसम्म सबै पूजाहरू सम्पन्न गरी ५ बजेदेखि भैरवको रथ तान्न सुरु भएको थियो। रथ गःहिटीबाट तानेर सुकुलढोका हुँदै तीनढुङ्गे पुर्याएपछि दत्तात्रयतर्फ लगेर रथ पुनः सुकुलढोका हुँदै तौमढीमै ल्याइपुर्याएको छ।

स्थानीय हजारौँको भीडले भैरवको रथ तान्ने क्रममा राति ९ बजे पुनः तौमढी ल्याइपुर्याएको थियो। रथलाई तल्लो बस्तीका बासिन्दाले तानेर गःहिटी हुँदै वंशगोपालतर्फ लगेका थिए। रथ तानेर सम्पन्न भएपछि भैरव देवतालाई रथबाट निकाली देवता घर भित्र्याएपछि जात्रा सम्पन्न गरिएको हो। 

यस वर्ष रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए पनि रथले किचेर एक जना घाइते भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। 

रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको थियो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिस्केट जात्रामा हुलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताए।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सुरक्षाका लागि जात्रामा आज दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली पनि खटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad