आइतबार मध्यान्न महाराष्ट्र सरकारले मे ३१ सम्म लकडाउन लम्ब्याएको घोषणा गरेको इन्डिया टुडेले जनाएको छ।
आइतबार मध्यरातदेखि भारतमा लकडाउन अवधि समाप्त हुँदैछ। यसबीचमा महाराष्ट्रले लकडाउन चौथोपटक बढाएको हो।
भातरमा यसअघि ३ पटकसम्म लकडाउनको अवधि थपिएको छ। त्यहाँको सरकारले पुनः लकडाउन लम्ब्याउने तयारी थालेको पनि बताइको छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनमाभन्दा बढी पुगेको छ।
गएको २४ घण्टामा मात्र भारतमा ५ हजार नयाँ संक्रमित थपिँदा त्यहाँ कोरोना संक्रमितको पुरा संख्या ९० हजारभन्दा बढी पुगेको छ।

प्रतिक्रिया