काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले आफू बसेको घर खाली गर्न थालेका छन्। सरकारले डोजर चलाउने सूचना पाएपछि शुक्रबार बिहानदेखि उनीहरूले सामान लोड गर्न थालेका हुन्।
बिहीबार साँझ काठमाडौं महानगरपालिकाको टोलीले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरेको थियो।शनिबारसम्म बस्ती खाली गरिने, अटेर गर्नेका संरचना भत्काइने र त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिका लागि आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको थियो।
बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि अहिलेका प्रधानमन्त्री बालेनले बागमती किनारका सुकुमबासी हटाउने प्रयास गरेका थिए। त्यतिबेला संघीय सरकारको सहयोग नहुँदा उनी असफल भएका थिए।
हेर्नुहोस् थप तस्बिर



















Shares

प्रतिक्रिया