समाज


सवारी दुर्घटनामा आमाछोरीसहित ६ जनाको मृत्यु, २० घाइते

सवारी दुर्घटनामा आमाछोरीसहित ६ जनाको मृत्यु, २० घाइते

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १३:४८, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। 

प्युठान, चितवन, सप्तरी, रुकुमपश्चिम र बर्दियामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्युठानको स्वर्गद्वारी नगरपालिका-४ टाकुरामा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु.१ ज ३१७५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा भारत माहाराजगञ्ज मेटौली बस्ने करन नाथ मौरीयाकी छोरी ३ वर्षीया काव्या मौरीया र ३० वर्षीया श्रीमती निर्मला मौरीया छिन्। 

काव्याको घटनास्थलमै र निर्मलाको सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका जिप चालको सिटी अस्पताल बुटवलमा र जिपमा सवार अन्य १८ जनाको भारतस्थित बाबा राघब मेडिकल कलेज गोरखपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी चितवनको राप्ती नगरपालिका-७ बिरेन्द्रनगरमा बा. प्र-०३-००१ ख ३८०६ नम्बरको बसले ना. ४५ प ३१६३ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने ५० वर्षीय देब बहादुर गुरूङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी सप्तरीको कंचनरूप नगरपालिका-७ पेट्रोल पम्पस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कंचनरूप नगरपालिका-७ बस्ने ७५ वर्षीय भटन साह छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-७ सहरेस्थित सडकमा रा.१ त ४८७१ नम्बरको ट्याक्टरको ठक्करबाटएक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-७ बस्ने रेशम बुढाथोकीको छोरा ५ वर्षीय रिहान बुढाथोकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका-६ फल्कापुरस्थित सडकमा रोकी राखेको सु.प.प्र-०१-००१ झ ४९१ नम्बरको एम्बुलेन्समा भे.१० प ४०५२ नम्बरको मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका-७ बोगटिया बस्ने २० वर्षीय अभिन थारू छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यी सबै दुर्घटनामो सम्बन्धमा थप हनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad