समाज


डोजर चलेपछि ड्रोनबाट यस्तो देखियो थापाथलीका सुकुमवासी बस्ती (तस्बिर/भिडिओ)


सरोज नेपाल
बैशाख १२ , काठमाडौँ

थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाउने क्रम जारी छ। अहिलेसम्म ४० प्रतिशत टहरा हटाइएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन्।

बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन्। 

‘अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन। त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ’, प्रजिअ पौडेलले भने, ‘सुकुमवासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन्।’

आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेको उनले बताए।

सरकारले दुई दिन अघिदेखि नै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमवासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो।

थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रयस्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका सवारीसाधन सञ्चालन गरएका प्रजिअ पौडेलले जानकारी दिए। 

‘धेरैले आफ्नो व्यवस्थापन आफैँ गरेका छन्। सहयोग आवश्यक पर्नेहरू सरकारसँग माग्न आउनुहुन्छ, उहाँहरूलाई सोहीअनुसार व्यवस्थापन गर्छौं,’ प्रजिअ पौडेलले भने। 

थापाथलीका सुकुमवासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ। त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ। वास्तविक सुकुमवासी पहिचान भएपछि उनीहरूलाई अस्थायी बसोबासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानानतरण गरिनेछ।

अस्थायी बसोबासको प्रबन्ध सहरी विकास मन्त्रालयले गरिरहेको छ।

‘सुरक्षाकर्मीहरूले उहाँहरूका सरसामग्रीको सुरक्षा, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, दीर्घरोगी, बालबालिका, गर्भवती, सुत्केरीलगायत मानवीय सहयोग उपलब्ध गराइरहनुभएको छ’, प्रजिअ पौडेलले भने, ‘उपचार सेवा आवश्यक भएकालाई अपस्पताल पठाइएको छ।’

बस्तीबाट सामान सार्न सरकारी ट्रकको पनि प्रयोग गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिए।

‘समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ’, उनले भने।

यसैबिच मनोहराका सुकुमवासी पनि घरटहरा छाडेर गएका छन्। उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए।

हेर्नुहोस् थापाथलीस्थित बागमती नदी किनारका बस्तीमा डोजर चलेपछि ड्रोनबाट खिचिएका तस्बिर (अन्तिममा भिडिओ)

भिडिओ

बैशाख १२, २०८३ शनिबार १३:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad