समाज


नक्कली मुद्रा सटही गरेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

नक्कली मुद्रा सटही गरेर ठगी गरेको आरोपमा ६ जना पक्राउ

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १७:५०, काठमाडौँ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको किर्तीपुर नगरपालिका–६ पाण्डेछाप स्थित सडक बाटोबाट यही वैशाख १३ गते उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न र प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा उदयपुरको ताप्लि गाउँपालिका–३ घर भई हाल बारा जिल्ला बस्ने वर्ष ३८ को मिलन कुमार तामाङ, सोही ठाउँका २६ वर्षीय योग बहादुर तामाङ, वर्ष ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका–५ बस्नेवर्ष ३४ को प्रबिन महत्तो, रौतहट गुजरा नगरपालिका–१ बस्ने २८ वर्षीया मुना धामी र चितवनको कालिका नगरपालिका–५ बस्ने वर्षका ३८ सत्य नारायण चौधरी रहेका छन्।

उनीहरूको साथबाट २ वटा झोलामा ४० बण्डल कागजको मुद्रा, बाप्र ०१ ०३२ च ७३१२ नं. को ईभि मिनि हायस गाडी, ४७ प ५४११ नं. को २२० सीसीको पल्सर मोटरसाइकल र विभिन्न कम्पनिका मोबाइल थान–७ बरामद भएको छ। 

प्रहरीका अनुसार निजहरुले पहिलो पटक सानो रकमको कारोबार गर्दा सक्कली मुद्रा दिएर विश्वास दिलाउने गर्दथे।

विश्वासमा पारे पश्चात ठुलो रकमको लागी पीडितलाई मनाई नक्कली मुद्रा जस्तो देखिने कागजको बण्डल तयार गरी ठगी गर्ने गरेको र पीडितहरुलाई जग्गा दिलाईदिन्छु भनि बैना रकम लिने र केही समय पश्चात काम गर्न नसकिने भन्दै नक्कली मुद्रा दिई ठगी गर्ने पाइएको छ।

गिरोहमा संलग्न मिलन कुमार तामाङले बैदेशिक रोजगारको लागी अजरवैजान पठाईदिन्छु भनि पीडितबाट ५ लाख समेत लिई ठगी गरेको, गिरोहमा संलग्न भविन्द्र कुमार तामाङ २०८२ जेठ ३२ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट जुवा ऐन सम्बन्धी मुद्दामा पक्राउ परेको, गिरोहमा संलग्न मुना धामी २०७५ मंसिर ३ गते इप्रका चन्द्रनिगाहापुरबाट हातहतियार तथा खरखजाना कसूर मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ।

यस्तै, गिरोहमा संलग्न प्रबिन महत्तोलाई मिति २०८१ जेठ २७ गते जिप्रका चितवनबाट बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार भएको, निज प्रबिन महत्तो २०८१ पुस १७ गते जिप्रका चितवनबाट ठगी सम्बन्धी मुद्दामा पक्राउ परेको, निज प्रबिन महत्तो २०८० चैत १२ गते इप्रका रत्ननगर, टाँडी, चितवनबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेको अनुसन्धानमा खुलेको छ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad