नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप एक दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि अझै एक दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
शोभा पाठकलाई माइतीघर मण्डलामै गएर कुटपिट गरेको आरोपमा प्रहरीले तीनदिन अघि १० जनालाई पक्राउ गरेको हो। धर्नामा बसेकी पाठकलाई माइतीघरमै पुगेर उक्त समूहले हातपात गरेको थियो।
त्यसक्रममा बस्नेतकी पत्नीलाई समेत पाठक समूहका केही पुरुषले हातपात गरेका थिए। तर प्रहरीले उनीहरुलाई भने पक्राउ गरेको छैन। घटनापछि शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।
बस्नेतसहित १० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो। पाठकको जाहेरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
Shares

प्रतिक्रिया