समाज


हावाहुरी र वर्षापछि काठमाडौँको वायु गुणस्तरमा सुधार

हावाहुरी र वर्षापछि काठमाडौँको वायु गुणस्तरमा सुधार

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १३:३३, काठमाडौँ

गत साता उच्च प्रदूषण देखिएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ। सुक्खा मौसम र वन डढेलोका कारण गतसाता बढेको प्रदूषण वर्षा भएसँगै घटेको हो। 

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ सम्म पुगेको थियो। गत साता केही दिन काठमाडौँ उपत्यका विश्वका प्रदूषित सहरको सूचीमा पहिलो र दोस्रो नम्बरमा परेको थियो।

तर, यतिबेला भने प्रदूषण घटेर एक्युआई ७९ मा झरेको छ। यो गुणस्तर पनि ‘अस्वस्थ’ श्रेणीमै पर्छ। गत साता विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको काठमाडाैँ अहिले भने १८ औँ स्थानमा छ। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad