राजनीति


विज्ञप्ति विवादमा तानियो सेना: ‘विपद व्यवस्थापन’को तर्कमा संघ-महासंघको आपत्ति

विज्ञप्ति विवादमा तानियो सेना: ‘विपद व्यवस्थापन’को तर्कमा संघ-महासंघको आपत्ति

लक्ष्मीदेवी पाण्डे र भीमप्रसाद ढुंगाना


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १३:४१, काठमाडौँ

देशभरिका ७५३ स्थानीय तहहरुको साझा संगठन राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले नेपाली सेनाले जारी गरेको विज्ञप्तिले राज्यका निकायहरुबीच आपसी विश्वासको अभाव देखाएको जनाएका छन्।

नेपाली सेनाले तथ्यांक उपलब्ध गराउन स्थानीय सरकारलाई गरेको पत्राचारको व्यहोरा र प्रक्रियाको विषयमा सम्बन्धित स्थानीय सरकारहरुको ध्यानाकर्षण भएको संघ-महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली सेनाबाट जारी स्पष्टीकरणसहितको विज्ञप्तिले राज्यका निकायहरूबीच जिम्मेवारीको अस्पष्टता, आपसी विश्वास र समन्वयको अभाव देखाएको उनीहरुले टिप्पणी गरेका छन्। 

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीमप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अवस्था दीर्घकालीन रुपमा हितकर हुँदैन। यो विषयमा सजग हुन जरुरी छ।’

केही दिन अगाडि नेपाली सेनाले पालिकाहरुलाई पत्राचार गर्दै सुकुमबासीको विवरण मागेका थियो। सुरुमा सेनाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार माग गरेको जनाएको थियो। पछि प्रमुख जिल्ला अधिकारीहरुले सेना र प्रहरीले लगत संकलन गरेको विषय आफ्नो जानकारीमा नभएको प्रष्टिकरण दिएका थिए।

नेपाली सेनाले बुधबार विपद् व्यवस्थापन प्रयोजनका लागि डेटा संकलन गरिरहेको जनाएको थियो। 

यो पनि: सुकुम्बासीको विवरण संकलन गर्दै सेना, सीडीओ भन्छन्- हामीलाई थाहा छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad