समाज


प्रधानमन्त्रीको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ

प्रधानमन्त्रीको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ

नेपालखबर
जेठ २, २०८३ शनिबार १६:३१, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। 

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई शनिबार  काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

खड्काले वडा सचिव भण्डारीलाई फोनबाट धम्क्याएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको र सिफारिस गर्न धाकधम्की दिएका थिए। 

उनले धम्क्याएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा शनिबार प्रहरीले उनलाई पक्राउ गरेको हो। 

वडा सचिवलाई धम्काउने खड्का दुल्लु नगरपालिका–१३ कै बासिन्दा हुन्। उनी काठमाडौँमा बस्दै आएका छन्। 

खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) मा आवद्ध छन्। रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले खड्कालाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन ससमितिमा सिफारिश गरिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad