समाज


प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माविरुद्ध संसदीय समितिमा ७ वटा उजुरी

प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माविरुद्ध संसदीय समितिमा ७ वटा उजुरी

फाइल फोटो


नेपालखबर
जेठ ४, २०८३ सोमबार ९:१७, काठमाडौँ

संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन्। 

समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्माविरुद्ध आजसम्म उजुरी दिन सकिने जनाएको छ।

शर्माविरुद्ध परेका उजुरीउपर भोलिदेखि अध्ययन सुरु गरिने समितिले जनाएको छ। 

भोलि (जेठ ५ गते) बस्ने समिति बैठकमा सबैको रोहबरमा प्राप्त उजुरी खोलिने छ। त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई ती उजुरी वितरण गर्ने तयारी समितिको छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ। 

गएको वैशाख २४ गते सबेका संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो। 

सिफारिस भएको भोलिपल्टै समितिले सुनुवाइको प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad