समाज


सार्वजनिक स्थानमा झै-झगडा गर्ने ४ जना पक्राउ

सार्वजनिक स्थानमा झै-झगडा गर्ने ४ जना पक्राउ

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार २०:३६, काठमाडौँ

पोखरामा सार्वजनिक स्थानमा झैझगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको भानु नगरपालिका–१२ घर भएका वर्ष ३२ को विजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी– २ घर भएका वर्ष २२ को राजकुमार परियार, स्याङ्जाको पुतलिबजार–२ घर भएका वर्ष २४ को सुजन परियार र कास्कीको पोखरा महानगरपालिका–१३ मियापाटन घर भएका वर्ष २३ को निरज आले मगर रहेका छन्।

यही जेठ ७ गते दिउँसो ११ बजेको समयमा पोखरा–९ नयाँबजारस्थित दुई जना व्यक्तिहरू एक आपसमा झै–झगडा गरेको भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरीले उक्त घटना सम्बन्धमा अनुसन्धान तथा खोजतलास गरेको थियो।

त्यसक्रममा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न उनीहरुलाई आज पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ। उनीहरू सवारी साधनको हेल्पर काम गर्ने र खाजा खाने विषयमा विवाद भई झै–झगडा गरेको खुल्न आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad