समाज


जेनजी आन्दोलनमा सुन्धाराबाट फरार कैदी पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट फरार कैदी पक्राउ

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार २१:१९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार एक कैदी पक्राउ परेका छन्।

लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष विश्वकर्मालाई काठमाडौँको तारकेश्वर नगरपालिका–५ बोहराटारबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँको विभिन्न एरियामा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतालसका क्रममा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका विश्वकर्मालाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौँ पठाइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad