सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ सित्खामा सुनकोसी नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।
सुनकोसी गाउँपालिका–४ घर भई हाल सोही गाउँपालिकाको वडा नं ३ बोहोरेटार बस्ने दल बहादुर पुलामी मगरको छोरा वर्ष अन्दाजी ९ को सफल पुलामी मगर र सोही गाउँपालिका–५ बन्दीपुर घर भई हाल वडा नं ३ बोहोरेटार बस्ने सरिता विकको छोरा वर्ष १० को युकेस विकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सफलको शब प्रहरीले नुहाएको ठाउँदेखि अन्दाजी १५० मिटर पूर्व सुनकोसी नदीको किनारमा मृत अवस्थामा फेला पारेको थियो।
यस्तै, नदीमा डुबी बेपत्ता भएका युकेसको शव खोजतलासका क्रममा अन्दाजी ३० मिटर पूर्व नदी किनारमा फेला परेको थियो।
सुनकोसी नदीको छुटिएर आएको सानो भंगालो किनारामा २ जना बच्चाहरू नुहाएको अवस्थामा टाढाबाट स्थानीय बस्तु गोठालाले देखेको र केही समयमा उक्त बच्चाहरू मध्ये एक जना बच्चा पानीमा डुबेको र एक जना बगेको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातामाटा सिन्धुलीबाट प्रहरी सहायक निरिक्षक गोपिलाल थामीको कमाण्डमा २ जनाको प्रहरी टोली तत्काल खटी गई स्थानीय समेतमा खोजी गरेका थिए।

प्रतिक्रिया