झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका-१ मझुवा बस्दै आएका ५५ वर्षीय मैतबहादुर लिम्बूको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यही जेठ ७ गते लिम्बू कुटमिरोको रुखको घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा आइतबार साँझ बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै राखिएको छ।
120
Shares

प्रतिक्रिया