जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ।
मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।
यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
मधेस प्रदेश: बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला
बागमती प्रदेश: मकवानपुर र चितवनसहित आसपासका जिल्ला
गण्डकी प्रदेश: नवलपुर र तनहुँसहित आसपासका जिल्ला
लुम्बिनी प्रदेश: रुपन्देहीसहित आसपासका जिल्ला
यो पनि : आज कतै वर्षा-हिममात र हुरी, कतै तातो दिनको सम्भावना
330
Shares

प्रतिक्रिया