समाज


ठुलो परिमाणको लागुऔषसहित भक्तपुरबाट दुई जना पक्राउ

ठुलो परिमाणको लागुऔषसहित भक्तपुरबाट दुई जना पक्राउ

नेपालखबर
जेठ १८, २०८३ सोमबार २०:४८, काठमाडौँ

सशस्त्र प्रहरी बलको  ईन्टेलिजेन्स व्युरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागुऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ वर्षीय वीरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरीले तामाङको सूचनाका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका-२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडाँडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित लागुऔषध फेला पारेको हो। 

उनकै सूचनाको आधारमा लागुऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ वर्षीय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 

तामाङले लागुऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियन्त्रणमा लिइएका वीरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारबाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागुऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ।  

सो लागुऔषध केही दिनअघि काठमाडौँ भित्रीएको सूचना पाएपछि ब्युरोले पिछा गरेको थियो। कलंकीबाट वीरध्वज तामाङले उक्त लागुऔषध ललितपुरको चंगाथली पुर्‍याएको बुझिएको छ। त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसलगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागुऔषध हरिसिद्दिमा केही दिन राखेर आज बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad