सेल (कृत्रिम) कम्पनी खडा गरेर पटकपटक कर्जा दुरुपयोग गरेको आरोपमा रामजानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
उनलाई आज (बुधबार) केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई धनुषा छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो। जानकी मेडिकल कलेज सोही फाउन्डेसनअन्तर्गत सञ्चालित छ।
ब्युरोका अनुसार इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि नामक कृत्रिम व्यवसाय खडा गरेर डीपीआरबिना र धितोको बढी मूल्यांकन गराई कर्जा लिएको पाण्डेमाथि आरोप छ। काठमाडौँ-९, रातोपुल बस्ने पाण्डे यो कम्पनीको एकल सञ्चालकका रूपमा छन्।
साथै उनले बैंकबाट लिएको कर्जा पनि प्रयोजनविपरीत अन्यत्र प्रयोग गरेर कर्जा दुरुपयोग गरेको ब्युरोले जनाएको छ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले उनीविरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते नै पक्राउ पूर्जी जारी गर्ने अनुमति लिएको थियो।
उनले पाण्डेविरुद्ध बैंकिङ कसूरअन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिए।
Shares

प्रतिक्रिया