समाज


चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

नेपालखबर
जेठ २१, २०८३ बिहिबार ५:५५, काठमाडौँ

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

चाँगुनारायण नगरपालिका वडा नम्बर–८ कलमसीमा गएराति ट्याक्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले जानकारी दिए। 

मृतक दुवैजना पुरुष हुन्। उनीहरुको सनाखत हुन बाँकी छ।

सडक ढलानको काम सकेर डेरामा फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १२ जना सवार थिए। ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad