समाज


भक्तपुरको एक निजी विद्यालयमा भीषण आगलागी, ५० लाखको क्षति

भक्तपुरको एक निजी विद्यालयमा भीषण आगलागी, ५० लाखको क्षति

फाइल फोटो


नेपालखबर
जेठ २१, २०८३ बिहिबार १०:०, भक्तपुर

भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। 

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए।

आगलागीबाट करिब रु ५० लाख  बराबरको क्षति भएको छ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ।

हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ।

प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी  छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad