समाज


भक्तपुरमा एकसहित थप नाै जनामा संक्रमण पुष्टि

भक्तपुरमा एकसहित थप नाै जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १४:४४,

शुक्रबार साँझ थप नाै जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्। याे सहित संक्रमित हुनेकाे कूल संख्या ५१६ पुगेकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा २, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य राेग तालिम केन्द्र हेटाैँडामा गरिएकाे परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन्।

नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला,  सपतरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन्।

509.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad