समाज


यी क्षेत्रमा बाढीको खतरा बढ्याे, उच्च सतर्कता अपनाउन आग्रह

यी क्षेत्रमा बाढीको खतरा बढ्याे, उच्च सतर्कता अपनाउन आग्रह

नेपालखबर
असार २७, २०७६ शुक्रबार ०:३२,

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका नदी खोलामा जलतसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय: नदीहरूमा जलसतह सतर्कता तह आसपास छ।

थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलतसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा छ। तसर्थ रौतहहट, सर्लाही जिल्लाका तटिय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

महाशाखाले भनेको छ– हाल कपिलवस्तु, रूपन्देही,चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट र आसपास अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ। कमला, वाग्ग्मती, यसका शाखा नदीहरू र अन्य साना नदीमा जलसतह बढ्दो छ,  केहीमा खतरा तह पार हुने सम्भावना भएकाले सतर्क रहनुहोला।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तर पार गरेकाले तिनाउको तल्लो तटिय क्षेत्रमा पनि शुक्रबार बिहानसम्म सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

अहिले देशभरजसो वर्षा जारी छ। काठमाडौं उपत्यकामा पनि बिहीबार रातिदेखि पानी परिरहेको छ।

हेराैँ बाढीकाे रेकर्ड:

D OepkqVUAA84ko

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad