समाज


भारतको अररियादेखि काठमाडौँसम्म लागुऔषधको जालो, ८ कारोबारी पक्राउ

भारतको अररियादेखि काठमाडौँसम्म लागुऔषधको जालो, ८ कारोबारी पक्राउ

नेपालखबर
असार २२, २०८३ सोमबार १८:३८, काठमाडौँ

भारतबाट काठमाडौँसम्म लागुऔषध खैरो हेरोइन ल्याई बिक्री वितरण गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। 

गिरोहको निगरानी गर्ने क्रममा यही असार २१ गते लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट लागु औषध खैरो हेरोइन ९४.७८० ग्राम सहित कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका-७ ठेगाना भएका वर्ष २४ को बिशाल शाही, काठमाडौँ-७ का वर्ष २९ को सरोज श्रेष्ठ, काठमाडौँ-३ का वर्ष २८ को कृष्ण पण्डित, तनहुँ भानु नगरपालिका- ९ का वर्ष ३१ को कुमार गुरुङ, मोरङको विराटनगर-१६ का वर्ष २७ की स्मारिका कार्की रहेका छन्।

यस्तै, भारतको बिहार राज्य अररिया जिल्ला बेला वडा नं. ७ ठेगाना भएका वर्ष १९ को देव कुमार यादव, सुनसरी ईनरुवा-९ ठेगाना भएका वर्ष १९ को सुमित कुमार मेहता र ईनरुवा ९ कै वर्ष २० को संजिव कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट लागु औषध खैरो हेरोईन ९४ ग्राम ७८० मिलिग्राम, मोबाईल थान-८ र डिजिटल तराजु थान-२ बरामद भएको ब्यूरोका प्रवक्ता एसपी दुर्गा राज रेग्मीले जनाएका छन्।

उनीहरूमाथि ब्यूरोबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad