राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कोष सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ पारित भएको छ।
बिहीबार बसेको आयोगको २६औँ बैठकले कार्यविधि पारित गरेको हो। आयोगका अध्यक्ष एवं प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पेश गरेका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायत सहभागी थिए।
69
Shares

प्रतिक्रिया