काठमाडौँको धोबीखोलामा हाम फालेकी महिला मृत फेला परेकी छन्।
बिहीबार अपराह्न ४ बजेतिर कालोपुल र रातोपुलको बीचमा पर्ने खोलामा हाम फालेकी महिला मृत फेला परेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
ती महिलाको शव बल्खुको कुमारी क्लब अगाडि बागमती नदीमा फेला परेको हो। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।
1.5k
Shares

प्रतिक्रिया