समाज


राप्तीमा बेपत्ता एक जनाको शव फेला

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालखबर
असार २८, २०८३ आइतबार २०:३४, नेपालगन्ज

बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो। सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ। 

शनिबार पौडी खेल्न गएका दुवै जना घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। दुवै बालबालिका शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए। उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरुलाई जानकारी दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad