समाज


सञ्चारमाध्यमका गेटमा पार्किङ गरिएका शंकास्पद गाडी, क्रेनले उठाउँदै प्रहरी

सञ्चारमाध्यमका गेटमा पार्किङ गरिएका शंकास्पद गाडी, क्रेनले उठाउँदै प्रहरी

नेपालखबर
असार २९, २०८३ सोमबार १३:५२, काठमाडौँ

नेपालका समाचार मिडिया हाउसका प्रवेशद्वारमै अवरोध पुग्नेगरी शंकास्पद गाडी पार्किङ गरिएका छन्। अनलाइनखबर, कान्तिपुर पब्लिकेसन, हिमालय टेलिभिजनका मिडिया हाउस प्रवेशद्वारमा शंकास्पद गाडी पार्किङ गरिएका हुन्।

प्रहरीले गाडीका ह्विललक गरेको छ।

पत्रकार कार्यालय आउने बेला पारेर मिडिया हाउसका गेटमा शंकास्पद गाडी पार्किङ गरिएका हुन्। बिहान करिब ८ बजे कार्यालय अगाडि गाडी पुगेका थिए।

नयाँ वानेश्वरस्थित अनलाइनखबर डट कमको कार्यालयको गेटमा प्रवेश गर्न अवरोध हुने गाडी पार्किङ गरिएको छ। मध्य वानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ।

कान्तिपुर र हिमालय टेलिभिजन अगाडि एसयुभी गाडी पार्किङ भएको देखिन्छ भने अनलाइनखबर अगाडि हुन्डाईको मांगा पार्किङ गाडी राखिएको छ।

गाठी उठाउँदै प्रहरी
नेपालखबरले यो विषयमा अनलाइनखबर र कान्तिपुरका ४ जना पत्रकारहरुसँग कुराकानी गरेको थियो। शंकास्पद व्यवहार देखेर अचम्मित भएको उनीहरु बताउँछन्। यो घटनाले पत्रकारमा मनोवैज्ञानिक त्रास बढाएको छ। 

पछिल्लो समय काठमाडौं महानगर र नेपाल प्रहरीको ज्यादतीका कारण गणेश नेपालीले आत्मदाह गरेपछि सरकारी ज्यादती र मानवीय इम्प्याथी (समानुभूति) प्रति प्रश्न उठाउँदै समाचारहरु आएका थिए। ‘गरिबको चमेली म छु सरकार’ भनिदेउ भनेर विचार सम्प्रेषण गरिएका थिए।

घटना योजनाबद्ध रुपमा भएको कान्तिपुरका एक जना पत्रकारले बताए। ‘हामीले पनि खोजी गरिरहेछौँ, यसको पर्दा पछाडि को छ भनेर। छिटै थाहा होला’, उनले भने।

ह्विललक गरिएका गाडीलाई प्रहरीले उठाएर क्रेनमा हाल्ने तयारी गरिरहेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गाडी उठाउनका लागि प्रहरी टोली परिचालन भइसकेको छ। उनका अनुसार प्रहरीले अनुसन्धान थालिसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता भट्टराईले ती गाडी प्रहरीले उठाएर ल्याउने र अनुसन्धान गर्ने बताए। 

‘हामीलाई चार ठाउँमा गाडी त्यसरी कार्यालय आउजाउमै अवरोध पुग्ने गरी राखिएको सूचना आएको छ। कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र अनामनगर भाटभटेनी नजिक त्यसरी गाडी पार्किङ गरिएको सूचना आएको छ। ती ठाउँमा प्रहरी पुगिसकेको छ। गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्छौँ', उनले भने। 

तीनकुनेस्थित कान्तिपुरको कार्यालय अगाडि रोकिएको गाडी प्रहरीले क्रेन लगाएर उठाइसकिएको छ।

‘सञ्चारकर्मी र सञ्चार गृहलाई सुरक्षित बनाउ’
कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजनका पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध पुर्‍याएको भन्दै नेपालख पत्रकार महासंघले घटनाको विरोध गरेको छ। 'सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको छ', महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'महासंघ तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसंग जोडदार माग गर्दछ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad