स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीकै मलंगवा नगरपालिका-४ घर भएका ३६ वर्षीय बिकाउ महतो रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।
भारतको सोनवर्षाबाट बीआर.३० एच १९६९ नम्बरको भारतीय मोटरसाइकलमा मलंगलातर्फ आउँदै गर्दा महतो पक्राउ परेका हुन्।
उक्त रकम हुण्डि कारोबारको हुनसक्ने अनुमान प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
69
Shares

प्रतिक्रिया