अर्घाखाँचीका एक युवाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो।
भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनको स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले बिहीबार जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
मृत्यु भएको चार दिनपछि संक्रमण पुष्टि भएका उनको पनि आज साँझ दाह संस्कार गरिएको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ६ मध्ये पाँच जनाको मृत्यु पछि मात्रै संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार साँझसम्म एक हजार नाघेको छ।

प्रतिक्रिया