समाज


शुल्क तिर्न नसक्दा धादिङका युवाको शव कोरियाको अस्पतालमा

शुल्क तिर्न नसक्दा धादिङका युवाको शव कोरियाको अस्पतालमा

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ६:२७,

धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ।

झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो।

गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकामा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो। घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो।

तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए। अन्दाजी ४५ वर्षीय तमाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिइन्।

यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ। तर, उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad