दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ।
उक्त वडाका अध्यक्ष लालबहादुर रावतका अनुसार शनिबार बिहान दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो।
‘उनी जेठ ९ गते भारतको गुजरातबाट आएका थिए,’ वडाध्यक्ष रावतले नेपालखबरसँग भने, ‘यसअघि नै उनकाे स्वाब परीक्षणका लागि प्रयाेगशालामा पठाइसकेका छाैँ। आज (शनिबार) दिउँसो २ बजे रिपोर्ट आउने जानकारी पाएका छौं।’
उनका अनुसार स्वाब जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको हो।

प्रतिक्रिया