समाज


कर्णाली प्रदेशमा संक्रमितको संख्या २६२ पुग्यो, आज थप २९ मा कोरोना पुष्टि

कर्णाली प्रदेशमा संक्रमितको संख्या २६२ पुग्यो, आज थप २९ मा कोरोना पुष्टि

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ७:३५,

 कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ।

मंगलबार मध्यान्ह १२ बजेसम्म थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।

संक्रमितहरु सुर्खेत, सल्यान र अछाम जिल्लाका रहेका छन्।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेतको वरेन्द्रनगर नगरपालिकाका वडा नं. १ का १७, १७, १८, २१, २३, ३०, २३, ५० वर्षीय पुरुष र सोही नगरपालिका वाड नं. ३ का १४, २७, ३३ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै सल्यानको दार्मा गाउँपालिका–१ का ३९, वडानम्बर २ का ३६ र ४८ वर्षीय पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ भने सोही गाउँपालिका वडानम्बर ३ का ३५ र ३९ वडानम्बर ४ का ३८, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का एक २३ वर्षीय पुरुष र मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षीय ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad