कारोबार


ओल खेतीबाट मात्रै भंगहामा भित्रिन्छ पाँच करोड रुपैयाँ

ओल खेतीबाट मात्रै भंगहामा भित्रिन्छ पाँच करोड रुपैयाँ

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ७:२८,

महोत्तरी जिल्लाको  भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन्। थोरै लगानी र कम मेहनेतमै मनग्ये आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन्।

भौगोलिक दृष्टिकोणले विकट तथा सिंचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन्।

धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको स्थानीय किसान सत्यनारायण यादवले बताए।

उनका अनुसार भंगहा क्षेत्रमा मात्रै प्रत्येक वर्ष ५० बिघा क्षेत्रफलमा ओल खेती हुन्छ। यहाँका किसानले एक कट्ठामा मात्रै ओल खेती गर्दा १० देखि १२ क्विन्टलसम्म उत्पादन हात लिन्छन्। प्रतिकिसान रु दुईतीन लाखसम्म आम्दानी हुने उनीहरु बताउँछन्। माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै मीठोे ओल सबैले मन पराउने तथा खाने गरेकाले यसबाट किसानले निकै आम्दानी गर्ने स्थानीयवासी किसान रामसागर यादवले बताए।

यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ।

शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने भएकाले ओल अति नै लोकप्रिय छ।

प्रतिकट्ठा रु छ हजारदेखि आठ हजारको लगानीबाट औसत रु दुईतीन लाखसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन्। उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ।

बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० देखि १२० सम्ममा बिक्री हुने गरेको स्थानीयवासी किसान विजय महतोले बताए।

नगरभरि नै ओल खेती हुने गरेकाले भंगहाका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पु¥याउने गरेको किसान रामवृक्ष यादवले जानकारी दिए।

प्रत्येक वर्ष चैत–वैशाखमा ओल रोपेर भंगहाका किसानले असारसाउन महिनाभरि खनी टाढाका बजारसम्म पठाएर सो नगरपालिकामा वार्षिक पाँच करोड रुपैयाँ भित्र्याउने गरेको किसान वृजमोहन यादवले बताए।

विषादी छर्किनु नपर्ने, सिंचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी हुन्छ। किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad