जुवाको खालबाट फक्राउ परेका ९ व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
सोमबार साँझ काठमाडौं महानगरपालिका १ कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका थिए।
मंगलबार ९ जनालाई नै ५ दिन हिरासतमा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए।
पक्राउ पर्नेहरुमा काठमाडौँका पुरुषोत्तम अग्रवाल, रामचन्द्र सनहाई, सुरेश अग्रवाल, नन्दकिशोर शर्मा, अशोक अग्रवाल, गोविन्द अग्रवाल, निकी जोगाई, ललितपुरका बिमल खेतान र भक्तपुर मध्यपुरका विमल अभुजा रहेका छन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले नगद २ लाख ७७ हजार ७ यस ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ।

प्रतिक्रिया