समाज


प्रदेश २ मा आजै थपिए १२० कोरोना संक्रमित

प्रदेश २ मा आजै थपिए १२० कोरोना संक्रमित

शैलेन्द्र महतो
जेठ २०, २०७७ मंगलबार ९:७,

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित भेटिएका छन्।

मंगलबार १ सय २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित छन्। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ।

झाले कुन जिल्लाका कति संक्रमित छन् भन्ने छुट्याउने काम भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad