समाज


कोरोना प्रकोपबीच कंगोमा इबोला भाइरसका रोगी देखिए, चार जनाको मृत्यु

कोरोना प्रकोपबीच कंगोमा इबोला भाइरसका रोगी देखिए, चार जनाको मृत्यु

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ९:३६,

विश्वभर कोरोना भाइरसको त्रास रहेको समयमा त्यहाँको स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ। संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरुमा इबोलाको संक्रमण देखिएको हो। संगठनका महानिर्देशक टेड्रोस एडह्यानमले आम मानिसले सामना गर्नु परिरहेका संक्रामक एवं प्राणघातक रोगहरु कोभिड–१९ मात्र नरहेको यसले पुष्टि गरेको बताए।

उनले कोभिड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए।

सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ।

डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोभिड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताइन्।

उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए। डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको छ भने कन्ट्याक्ट ट्रेसिङ ‘रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान’ को काम भइरहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कंगोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कंगोका जंगली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad