समाज


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १०:२५,

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ३७ पुगेको छ।

पछिल्लोपटक मंगलबार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० र ४० का दुई पुरुष र महाशीला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उनले बताए।

हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना संक्रमित छन्। हालसम्म तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना संकलन गरिएकामा तीन हजार ३०१ मा संक्रमण देखिएको छैन। परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad