समाज


कोरोनाका कारण चिनियाँ डाक्टरको मृत्यु, उपचारपछि उनको शरीर कालो बनेको थियो

कोरोनाका कारण चिनियाँ डाक्टरको मृत्यु, उपचारपछि उनको शरीर कालो बनेको थियो

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १०:३२,

पाँच महिना रोगसँग लडेपछि डाक्टर हु वेइफिङको मृत्यु भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

गत जनवरीमा कोरोना संक्रमितको उपचार गर्दागर्दै वेइफिङमा कोरोना भाइरसको संक्रमण भएको थियो।

डाक्टर वेइफिङ कोरोनाको उद्गमस्थल वुहानमा कार्यरत थिए।

Dr Hu was not able to speak at the time, but he shook hands with his doctor to thank him

४२ वर्षका उनलाई सघन कक्षमा उपचार गरिएको थियो। उपचार गर्दागर्दै वेइफिङको शरीरको छाला कालो बनेको थियो।

कोरोना भाइरसबाट छुट्कारा नपाउँदै उनको मृत्यु भएको हो। कोरोनाविरुद्ध प्रयोग गरिएको एन्टिबायोटिकको असरका कारण उनको शरीर कालो बनेको बताइएको छ।

वेइफिङकै अस्पतालमा कार्यरत अर्का एक डाक्टरको छाला पनि कालो बनेको थियो। यद्यपी उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त बनेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad