कारोबार


बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १०:३४,

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ।

बैंकले चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रा. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरु हस्तान्तरण गरिएको हो। जस अन्तर्गत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सिल्डहरु हस्तान्तरण गरेको छ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तर्गगत बैंकले एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ जस्ता डिजिटल बैंकिङ माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिँदै आईरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad