पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४४ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार आएको पीसीआर रिपोर्ट अनुसार ४४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले जानकारी दिए।
ती कर्मचारीका अनुसार सर्लाहीमा सबभन्दा बढी १३ जना संक्रमित थपिएका छन्। केही बेरमा अन्य जिल्लाका विवरण पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ५९ पुगेको छ।
3
Shares

प्रतिक्रिया