कारोबार


कोरोनाका कारण लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

कोरोनाका कारण लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

नेपालखबर
जेठ २१, २०७७ बुधबार ९:३२,

कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको पुनः संरचना गर्ने कार्यमा पनि संकट उत्पन्न भएको छ।

केही महिनादेखि विश्वभर हवाई सेवा ठप्पप्रायः छ। कम्पनीले यही कारण अभूतपूर्व नोक्सानी व्यहोर्न बाध्य हुनुपरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी कास्र्टन स्पोहरले एक विज्ञप्ति जारी गर्दै मागमा विस्तारै सुधार हुनेक्रममा रहे पनि कम्पनीलाई गतिशील बनाउन पुनः संरचनाका कदम चाल्नुको विकल्प नरहेको बताए।

तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो, तर यो समय तुलनात्मक रुपमा कम पर्यटक भ्रमण गर्ने समय हो।

विमान कम्पनीको निर्देशनात्मक बोर्डले सोमबार जर्मन सरकारबाट ९ अर्ब डलरको ऋण स्वीकार गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ। समूहले आफ्ना सेयरहोल्डरलाई यो विषय अनुमोदन गर्न जुन २५ मा अनलाइन बैठक गर्दैछ।

प्रस्तावित सरकारी लगानीको अर्थ हो लुफ्थान्सामा जर्मन सरकारको शेयर २० प्रतिशत हुनेछ। यो शेयरसँगै लुफ्थान्सामा जर्मन सरकारको शेयर रहेको सबैभन्दा ठूलो कम्पनी हुनेछ।

युरोपेली क्षेत्रका अन्य प्रतिस्पर्धी झैं लुफ्थान्सा समूह पनि कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित छ। यस समूहले हाल युरोविङ्स, स्वीस, ब्रसेल्स र अस्ट्रियन एयरलाइन्सको स्वामित्व ग्रहण गरेको छ।

यस समूहसँग रहेका कूल ७६० वटा बिमानमध्ये ३०० वटा बिमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २०० वटा बिमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ।

बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad