अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन रनेकपा (क्रान्तिकारी माओवादी)को विभिन्न भ्रातृ संगठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा छुट्टाछुट्टै प्रदर्शन गरेका गरेका हुन्। एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए आन्दोलन चर्काउँदै जाने बताए। एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडि बढ्न उनले आग्रह गरे।
सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ।

प्रतिक्रिया