पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु भएको छ।
विद्यापुरस्थित जनता माविमा बनाइएको क्वारेन्टिनमा बसेर घर गएका पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको आज (बिहीबार) बिहान मृत्यु भएको हो।
उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए। बुधबार आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।
तर राति १२ बजेतिर घर पुगेका ती युवकको आज बिहान सवा २ बजेतिर मृत्यु भएको बाबियाचौरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीले जानकारी दिएका छन्।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले मृतकमा कोरोना छ कि छैन भनेर निश्चित गर्न स्वाब संकलनको तयारी भइरहेको बताए।
स्वाब परीक्षणको नतिजा आएपछि मात्रै शव दाहसंस्कार गरिने उनले बताए। रासस
3
Shares

प्रतिक्रिया