समाज


सिरहामा १५ वर्षीया बालिका बलात्कृत, चार जना पक्राउ

सिरहामा १५ वर्षीया बालिका बलात्कृत, चार जना पक्राउ

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ५:२८,

सिरहामा किशोरी बलात्कार आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विनोद घिमिरेले नेपालखबरलाई दिएको जानकारीअनुसार जिल्लाको गोलबजार वडा नं. ३ की १५ वर्षीया बालिकालाई बलात्कार गर्ने औरही गाउँपालिका-२ का २० वर्षीय अम्बर यादवसहित उनलाई सहयोग गर्ने ३ युवकलाई समेत पक्राउ गरिएको हो।

पीडितले बुधबार बिहान दिएको उजुरीअनुसार प्रहरीले बलात्कार आरोपित युवकसहित उनलाई सहयोग पुर्‍याउने सिरहाकै नरहा गाउँपालिका-४ का २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, सुखिपुर नगरपालिका-६ का १९ वर्षीय गोलु महतो र औरही गाउँपालिक-२ का २३ वर्षीय जगरनाथ यादवलाई पक्राउ गरिएको डीएसपी घिमिरेले जानकारी दिए।

‘घटना मंगलबार रातिको हो,’ डीएसपी घिमिरेले बिहीबार बिहान नेपालखबरसँग भने, ‘बलात्कार एक जनाले गरेका रहेछन्, अरू तीन जनाले वातावरण मिलाउने काम गरेका रहेछन्।’

उजुरीमा ती बालिकाले गोलबजार नगरपालिका-३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर ती युवक फरार भएको उल्लेख गरेकी छन्।

त्यही आधारमा खटिएकाे प्रहरी टाेलीले मुख्य अभियुक्तसहित चार युवकलाई पक्राउ गरिएकाे प्रवक्ता घिमिरेले बताए। पीडितको स्वास्थ्य परीक्षण गराई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad