बलिडका प्रख्यात् गीतकार अनवर सागरको निधन भएको छ।
नवभारत टाइम्सका अनुसार मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा ७० वर्षीय सागरको बुधबार निधन भएको हो।
तर उनको मृत्युको कारण भने पत्ता लागिनसकेको समाचारमा उल्लेख छ।
आईपीआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड) ले ट्विट गर्दै उनको मृत्युको पुष्टि गरेको छ।
ट्विटरमा भनिएको छ, ‘अनुभवी गीतकार तथा आईपीआरएसका सदस्यसमेत रहेका अनवर सागरजीको निधन भएको छ। उहाँ वादा रहा सनमजस्ता गीतका कारण परिचित हुनुहुन्छ। उहाँले विजय पथ र यारानाजस्ता सफल चलचित्रका लागि पनि गीत लेख्नुभएको छ। यो अप्ठ्यारो समयमा हाम्रो प्रार्थना उहाँको परिवारको साथमा छ। उहाँको आत्माले शान्ति पाओस्।’

प्रतिक्रिया